उपाधि जितेपछि लुम्बिनीको सेलिब्रेसन(फोटोफिचर)


काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम यसपटक पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले एक करोड १० लाख हात पार्यो ।

उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो । उपाधि जितेपछि ट्रफीका साथ लुम्बिनी लायन्सका खेलाडी।