काठमाडौँ । एसीसी यु १९ एशिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको ८३ रनको सामान्य लक्ष्य श्रीलङ्काले १४ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । श्रीलङ्काका दिमन्थ महाविथानाले नटआउट ३९ रन बनाए । नेपालका दयानन्द मण्डलले १ विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालले दोस्रो खेलमा मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया