लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको हो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए ।

त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३–३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।