काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय लिएका हुन् ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । यसैगरी लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई हराएको थियो । जारी प्रतियोगितामा यी दुई दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया