काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध तीन रनको जित निकालेको छ । जितसँगै सात खेलमा चार अंक जोडेको कर्णालीले छैटौँ स्थानमा रहेर लिग सक्काएको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३९ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।
जारी संस्करणमा उनको यो दोस्रो अर्धशतक हो । यसैगरी संगीत कुरेले २५, कप्तान जान निकोल लोफ्टी इटोनले अविजित १३ र माज सदाकतले १२ रन बनाए ।

प्रतिक्रिया