काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य दिएको छ । आइतबार त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो ।
कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले १९ रन बनाए ।
अविजित रहेका कप्तान सोमपाल कामीले १८ रन जोडे । प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।

प्रतिक्रिया