काठमाडौँ । नेपाल थ्री नेसन्स कपअन्तर्गत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा चाइनिज ताइपेईसँग एक शून्यले पराजित भएको छ । मंगलबार इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले दोस्रो हाफमा एक मात्र निर्णायक गोल गरेको हो ।
यो गोल केइ–सिन हुवाङले ५३ औं मिनेटमा गरिन् । जितसँगै चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जितेको छ । नेपाल दुवै खेलमा पराजित भएको छ । यसअघि इन्डोनेसियाले नेपाललाई २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया