काठमाडौँ । पोखरा एभेन्जर्सका ओपनर एडम रोसिंगटनको शानदार शतकमा कर्णाली याक्सले २०२ रनको विशाल लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रन बनायो । पोखराका लागि रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको सहयोगमा १०८ रनमा अविजित रहे।
यस्तै, जोसन रोयले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएर आउट भए। जोसन र एडमले दोस्रो विकेटको लागि १२७ रनको शानदार साझेदारी गरे ।
धनञ्जय लक्ष्मणले ११ बलमा ३ चौका र एक छक्काको सहयोगमा २३ रन बनाए। कप्तान कुशल मल्लले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।

प्रतिक्रिया