काठमाडौँ । चितवन राइनोजले जनकपुर वोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिक्रेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभमार ४ विकेट गुमाए १७६ रन बनायो । चितवनका लागि ओपनर डेबिड मलानले सर्वाधिक ८० रन बनाए।
उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। उनिलाई माज सदाकतले १८.२ ओभरमा एलभि डब्लु धरापमा पारे । अर्का ओपनर अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनार क्याच आउट भए। अर्जुन र डेबिडले पहिलो विकेटका लागि ११२ रनको शतकिय साझेदारी गरे।
अर्जुज १३.४ ओभरमा आउट भए । यस्तै, रभी बोपरा तीन, सेप जैब ७ तथा कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। उनले दुई चौका र दुई छक्का प्रहार गरे ।
यता, जनकपुरको लागि अनिल शाह, रुपेश सिंह, माज सदाकतले र जान निकोलले समान एक विकेट हात पारे । यसअघिका चारै खेलमा पराजय ब्यहोरेको जनकपुर निकै दबाबमा छ भने प्ले अफको प्रवेश सम्भावना कायमा राख्न चितवनलाई जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया