एनपीएल खेल्न आइपुगे अफ्रिकाका चर्चित ब्याटर फाफ डुप्लेसिस


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डुप्लेसिस सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार साँझ नउी कतार एयरवेजको जहाजबाट काठमाडौं आएका हुन् । काठमाडौं आइपुगेका फाफलाई त्रिभुवन विमानस्थलमा ढाका टोपी लगाएर स्वागत गरिएको थियो । डुप्लेसिस एनपीएल खेल्न आउने चर्चित खेलाडीमध्ये एक हुन् । उनी विराटनगर किंग्समा आबद्ध छन् ।

डुप्लेसिस अबुधाबरी टी १० लिग खेलेर यूएईबाट सिधै नेपाल आएका हुन् । उनीसँग इंग्ल्याण्ड, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, अमेरिका, वेस्ट इन्डिजका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।