जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर वोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।

जनकपुरका लागि सन्जय कृष्णमुर्थिले ३८ बलमा ५०, जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वार्नि पार्नेलले १४ रन बनाए । यता, सुदूरका लागि अभिनाष बोहरा सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।