लुम्बिनीलाई १५१ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले पूरा २० ओभर खेलेर ५ विकेटको क्षतिमा १५० रन बनाएको हो ।

पोखराका लागि एडम रोसिङटनले अर्धशतक पारी खेले । उनले ६३ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन प्रहार गरे । रोसिङटनलाई गतिलो साथ दिएका जिम्मी निशमले पनि अर्धशतक बनाए । उनले ३२ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन जोडे ।

करिण ठगुन्नाले १ रन बनाए । ओपनर दिनेश खरेलले ७ रन मात्र बनाउँदा कप्तान कुशल भुर्तेल भने गोल्डेन डकआउट हुन पुगे ।