जोहन सिम्पसनको अर्धशतकमा काठमाण्डूले चितवनलाई दियो १४३ रनको लक्ष्य


काठमाडौं । जोहन सिम्पसनको अर्धशतकमा काठमाण्डू गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डूले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनायो । काठमाण्डूका लागि सिम्पसनले २९ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे ।

यसैगरी, मिलिन्द कुमारले ३८ र बेन चाल्र्सवर्थले १३ रन बनाए । चितवनका लागि सोहेल तनवीरले ४ ओभरमा २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

यसैगरी, रञ्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।