काठमाडौँ। पोर्चुगलले फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जितेको छ।
कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बिहिवार राति सम्पन्न फाइनलमा अस्ट्रियालाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यु–१७ विश्वकपको उपाधि जितेको हो।
पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक बन्यो।
बिनो मकाइसको प्रशिक्षणमा रहेको पोर्चुगल यु–१७ टोलीले पहिलो पटक युवा प्रतियोगिता जितेपछि यु–१७ पोर्चुगिज फुटबलमा नयाँ इतिहास बनाएको छ।
पोर्चुगलले सेमिफाइनलमा ब्राजिलमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेर फाइनलमा पुगेको थियो भने अस्ट्रियाले इटालीलाई २–० ले हराएर फाइनल पुगेको थियो ।
पोर्चुगलले पहिलो पटक यु–१७ विश्वकप जितेको हो। फिफा यु-१७ विश्वकपको उपाधि सबै भन्दा बढी नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २–२ पटक यो उपाधि जितेका छन्। त्यस्तै जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्याण्ड र इङल्याण्डले एक एक पटक यो उपाधि जितेका छन्।

प्रतिक्रिया