काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।
पोखराका लागि सुमितले २९ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी दिनेश खरेलले ३८, तृतराज दासले २९ र एडम रोसिङ्गटनले २४ रन बनाए ।
जनकपुरका लागि सञ्जय कृष्णमुर्तिले तीन तथा ललितनाराण राजवंशी र कप्तान अनिलकुमार साहले एक–एक विकेट लिए ।

प्रतिक्रिया