काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८ १८ र गुल्बदिन नइमले ११ रन बनाए ।
सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए ।

प्रतिक्रिया