काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति म्यानचेस्टर सिटी आफ्नै इथियाड स्टेडियममा बायर लिभरकुसेनले २–० गोल अन्तरले पराजित भएको हो ।
बायर लिभरकुसेनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले एक एक गोल गरेका थिए । जितपछि बायर लिभरकुसेनको ५ खेलमा ८ अंक भएको छ र हाल १३औं स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया