एनपीएलमा विराटनगर र चितवन भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किङ्ग्स र चितवन राइनोज भिड्दैछन् । आज अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।

एनपीएलमा विराटनगर अपराजित टोली हो । उसले तीनवटै खेलमा जित हासिल गरेको छ । त्यस्तै चितवन भने यसअघि खेलका दुईमध्ये एकमा मात्रै विजयी भएको छ ।