टी–२० विश्वकपको खेल तालिका सार्वजनिक


काठमाडौं । टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ ।

खेल फेब्रुअरी ८ मा हुनेछ । नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।