एनपीएलमा काठमान्डुको जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।

काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि शेर मल्लले २७ रन बनाए । यस्तै दिलीप नाथले २५ तथा डार्सी सर्टले २२ रन बनाए।

काठमान्डुका मिलिन्द कुमार र गेरहार्ड इरास्मले दुई दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।