एनपिएलमा विराटनगरको लगातार दोस्रो जित


काठमाडौँ। विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा काठमान्डू गोर्खाजलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

काठमान्डूले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाउँदै लक्ष्य पूरा गर्यो । विराटनगरको जितमा जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३६ रन बनाए।

यस्तै, नरेन भट्ट २४, मार्टिन गप्टीलले १९ बलमा २५, बासिर अहमतले १७ बलमा १९ तथा ओपनर लोकेश बमले १० बलमा १४ रनको योग्दान गरे ।

कप्तान सन्दीप लामिछानेले ३ बलमा ९ रन बनाए । उनले दुई चौका प्रहार गरे । त्यसअघिस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।