काठमाडौँ । काठमान्डू गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो । काठमान्डूका लागि महोमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए।
उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्कोरमा पुर्याए । बेन चाल्र्सवर्थले ३२ जोडे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। सन्तोष यादव २६ रन बनाए ।
यता, विराटनगरको लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे । यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको विराटनगर दोस्रो जितको खोजीमा छ ।
काठमान्डू भने पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया