काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोश्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्रै बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले ५३, जिम्मी निशमले ४७ र डेन डउथवेटले ३७ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंहले २, दीपेन्द्रसिह ऐरी, नरेन साउद, हेमन्त धामी, स्कट कुग्गेलिजन र अविनाश बोहराले समान १ विकेट लिए ।
सअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो । पोखरा पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराउँदै विजयी शुरुवात गरेको थियो

प्रतिक्रिया