दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।