दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा गर्ने राखेपको निर्णय


काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने खेल संघलाई ३ महिनाभित्र प्रतियोगिता आयोजना गर्न निर्देशन दिने, खेल संघले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र वितरण गर्नुपर्ने र वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।