मुगु । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगताको उपाधि जनसेवाले हात पारेको छ । आयोजक क्लब चन्दननाथ–३ र जनसेवा यूवा क्लब (बी) बीच फाइनल खेल भएको थियो ।
चन्दननाथ नगरपालिका वडा नम्बर ३ द्वारा आयोजित प्रतियोगितामा जनसेवा बी ले उपाधि हात पारेको छ ।
चन्दननाथ ३ ले उपविजेतामा चित्त बुझाएको छ । निर्धारित समयमा दुबै क्लबले कुनै गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा गएको थियो ।
विजेता जनसेवाले १ लाख १ हजार र उपविजेता चन्दननाथ ३ ले ५० हजार ५ सय रुपैयाँसहित नगद पुरस्कार, मेडल र ट्रफी प्राप्त गरेको फुटबल संयोजक राजवहादुर खत्रीले बताए ।
प्रतियोगितामा जिल्लाभरका ४४ वटा टिमको सहभागिता रहेको थियो । खेलकुद मार्फत युवा बीचको सम्बन्ध, एकता र उत्सवको वातावरण सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष रतन खत्रीले बताए ।

प्रतिक्रिया