इरानसँग नेपाल ३–० ले पराजित


काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ । शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ । नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिएको थियो । नेपालले अब दोस्रो खेल भारतसँग अक्टोबर २७ मा खेल्नेछ ।