नेपालले सामोआसँग विश्वकप छनोटको अन्तिम खेल खेल्दै


काठमाडौं । टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेबाट ओमानमा हुनेछ ।

नेपाल जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा छनोट भइसकेको छ भने, सामोआको विश्वकप सपना अन्त्य भइसकेको छ । अपराजित रहेको नेपाललाई उपाधिको लागि यो खेल महत्त्वपूर्ण छ । ८ अंकसहित शीर्षस्थानमा रहेको नेपालले सामोआलाई पराजित गरेमा छनोट प्रतियोगिताको उपाधि सिधै जित्नेछ ।