नेपाल–ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्र्तगत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ सुरु गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हुन् । जारी प्रतियोगितामा शीर्ष तीनमा पर्दै नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

नेपालले ओमानविरुद्ध ब्याटर सन्दीप जोरालाई आज आराम दिएको छ । उनको स्थानमा लोकेश बमलाई मौका दिएको छ ।

नेपालको प्लेइङ–११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी , सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र मोहम्मद आदिल अलाम छन् ।