काठमाडौँ । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको हो ।
नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ। नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा छनोट भएको छ ।
नेपाल र ओमानले दुई खेल अगावै विश्वकपमा स्थान बनाएका हुन् । जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमा समेटिएको हो। अब युएई र जापानमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया