साफ यू–१७ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात


काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । कोलोम्बो रेसकोर्स स्टेडियममा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा दुवै गोल समिर कुमारले गरेका थिए । उनले दुवै गोल पहिलो हाफ र दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् ।

नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।