म्यानचेस्टर सिटीसँग युनाइटेडको हार


काठमाडौं । म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । एर्लिङ हालान्डले २ गोल गरेपछिम्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ।

इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले । त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए।

हालान्डले ५३ औं मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औं मिनेटमा अर्को गोल थप्दै नतिजा सुनिश्चित गरे ।

सिटीका नयाँ गोलरक्षक जियानलुइजी डोनारुमाले ब्रायन म्बेउमोको प्रहार रोके पनि । युनाइटेड खेलभरि कमजोर देखियो र हारसँगै १४औं स्थानमा झ¥यो। ४ खेलमा युनाइटेडको ४ अंक छ। सिटी ६ अंकसहित आठौं स्थानमा छ।