काठमाडौं । साफ यू १७ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भुटानको थिम्पुमा बुधबार भएको खेलमा नेपाललाई बङ्गलादेशले ४–१ गोलले हराएको हो ।
हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ । खेलमा बङ्गलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक र थुइनुए मार्माले १ गोल गरिन् । नेपालकी भूमिका बुढाथोकीले गोल गरिन् ।
यसअघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित हुँदा दोस्रो खेलमा भूटानलाई २–१ ले हराएको थियो । नेपालले शुक्रबार भारतसँग र आइतवार भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया