काठमाडौं। साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र आयोजक भुटान भिड्दैछन्। भुटानको चाङलिमिथाङ स्टेडियममा हुने खेल बेलुकी५:४५ बजे शुरू हुनेछ ।
दुवैटोलीआज पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा भारतसँग ७-० गोलको फराकिलो हार बेहोरेको नेपाल आज भुटानलाई हराउँदै पुनरागमन गर्न चाहन्छ ।
यता भुटान पनि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो । अगस्ट ३१ सम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश रभुटानले सहभागिता जनाएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि आफ्नो पोल्टामा पार्नेछ ।

प्रतिक्रिया