काठमाडौं । यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन् ।
प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला एथलेटिक्स फिजिकमा उर्मिला श्रेष्ठ सहभागी हुँदैछन् । पाँच सदस्यीय खेलकुद पदाधिकारी दुई सदस्यीय खेलाडीको व्यवस्थापनका निम्ति सोमबार बैंकक प्रस्थान गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार आयोजित एक कार्यक्रममा खेल पदाधिकारी र खेलाडीलाई सफलताको कामनाका साथ बिदाई गरेका छन् ।

प्रतिक्रिया