टप एण्ड टी– २० सिरिजः नेपालले बंगलादेश ‘ए’विरुद्ध बलिङ गर्दै


काठमाडौं । टप एण्ड टी– २० सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’विरुद्ध पहिले बलिङ गर्ने भएको छ । डार्विनको मरारा क्रिकेट ग्राउन्ड २ मा बंगलादेश ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो । जारी सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल अस्ट्रेलियाको स्थानीय टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

प्लेइ– ११ः रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, नन्दन यादव, करण केसी, लोकेश बम र रिजन ढकाल ।