समर लिग फुटसल प्रतियोगिताको विजेता भद्रकाली


काठमाडौं । बिएमजे रिलोडेडद्वारा सञ्चालन गरिएको समर लिग फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा टीम क्याप्टेन विदुर रायमाझीको दुई गोल सहितको म्यान अफ दि म्याच पर्फमेन्समा टीम भद्रकालीले टीम मनकामनालाई ३-२ गोल अन्तरले पराजित गरि ५६ अङ्क सहित प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

खेल पश्चात शनिबारनै आयोजित औपचारिक कार्यक्रममा क्लबका अध्यक्ष पवन खत्रि, कोषाध्यक्ष आलोक शाह, बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिकाका खेलकुद संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङले विजयी टिमलाई मेडल तथा रनिङशिल्ड प्रदान गरेका छन् ।


३० खेल खेलाइएको समर लिग प्रतियोगितामा सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता भए भने करण मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्बिन सफल भए । त्यसैगरि राज केसी इमर्जिङ खेलाडी, बासुदेव न्यौपाने उत्कृष्ट गोलकिपर, प्रमोद पौडेल उत्कृष्ट डिफेन्डर र सरोज निरौलाले प्लेयर अफ मन्थ पुरस्कार प्राप्त गरेका छन् ।


प्रतियोगिता अवधिभर विशेष भुमिका निभाएका लक्ष्मण ब्लोन लामा तथा रेफ्रीको जिम्मेवारी निभाएका रेशम रेग्मी, राधे नगरकोटी, बासुदेव न्यौपाने र सरोज निरौलालाई कदरपत्र समेत प्रदान गरिएको छ ।कार्यक्रममा अतिथिहरुले खेलकुदको महत्व दरशाउँदै आ-आफ्नो धारणा राखेका छन् भने नगरपालिकाले पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताएको छ । बुढानिलकण्ठ  नगरपालिकाले क्लबलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको ।