दक्षिण एसियाली रिजन गेममा सहभागी हुने ब्याडमिन्टन टोलीको बिदाइ


काठमाडौं । दक्षिण एसियाली रिजन गेममा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुने टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रतियोगिता अगष्ट १५ देखि १८ तारिखसम्म भुटानको थिम्पुमा हुनेछ । टोलीमा यु–१५ दीप थिङ, सुदेश राजकोटी, स्वर्णिम श्रेष्ठ र निभा राई, यु–१७ सुविन श्रेष्ठ, सदिप राई, रिहाना शेरचन र दिलाशा थापा, यु–२० प्रिन्स दाहाल, क्षितिज खनाल, रशिला महर्जन र आयुष्मा नेपाल सहभागी छन् । त्यस्तै प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ छन् ।