काठमाडौं । पब्जी मोबाइल विश्वकपमा नेपाली टोली होरा इस्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ । साउदी अरेबियामा भएको इस्पोर्ट्स विश्वकपअन्तर्गत भएको फाइनल चरणको अन्तिम खेलमा चिकन डिनर जित्दै होराले १८ खेलमा १०० अंक जोडेको हो ।
समग्र प्रतियोगिताबाट होराले ग्रुप स्टेजमा २७ हजार ५०० डलर, सर्भाइभल स्टेजमा २५ हजार डलर, शो म्याचमा १५ हजार डलर र फाइनलको नवौं स्थानको पुरस्कारस्वरूप ६० हजार डलर प्राप्त गरेको छ। कुल मिलाएर होराले १ लाख २७ हजार ५०० अमेरिकी डलर (झण्डै १ करोड ७८ लाख ९७ हजार नेपाली रुपैयाँ) जित्न सफल भएको हो ।
लिग चरणमा १३औं स्थानमा रहेपछि होरा सिधै ग्राण्ड फाइनलमा पुग्न सकेन। तर सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनायो । सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकन डिनरसहित १०८ अंक जोडेको थियो । प्रतियोगिताको उपाधि म्यानमारको वाइजी इस्पोर्ट्सले जितेको छ ।

प्रतिक्रिया