मकवानपुर । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा साम्बा सम्मानित भएकी हुन् । सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजारसहित सम्मान गरेको हो ।
देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् ।

प्रतिक्रिया