प्रधानमन्त्रीद्वारा ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बिहीबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् ।