काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार विज्ञप्ति जारी गरी एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म चार सय ५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम आठ वटै फ्रेन्चाइजी टोलीलाई क्यानले पठाइसकेको छ ।
एनपीएलमा सहभागी हुने आठ वटा टोलीले आफूले चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गर्ने क्यानले जनाएको छ । क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया