एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।

लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको उनीहरुको भनाई छ ।

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ ।

दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक राज भण्डारी, अविसेस गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।