काठमाडौँ । आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८औँ संस्करणमा सहभागी हुन आठ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्याण्ड जाने भएको छ ।
पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डङ्गोल र निरु थापामगर छन् । यही जुलाई २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी, अफिसियल/व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढामगर, निर्णायकमा मेघराज तोलङ्गी र आइटीओमा नेसिर मास्के रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया