काठमाडौं । वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई आफ्नो ब्रान्ड एम्बास्डर बनाएको छ ।
वीराले पूजालाई आजीवन ब्रान्ड एम्बासडर बनाएको हो । वीरा एजुकेसन कन्सल्टेन्सीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पूजासँग सम्झौता गरेको हो ।
कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच सम्झौता भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनीष झा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, इक्यानका अध्यक्ष शेषराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।
महिला सशक्तिकरणसँगै महिला क्रिकेटरका लागि वीरा एजुकेसन कन्सल्टेन्सीले साथ दिएको कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जनले बताइन् ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान तथा वीरा एजुकेसन कन्सल्टेन्सीकी ब्रान्ड एम्बासडर पूजा महतोले महिला क्रिकेट खेलाडीले खासै अवसर नपाइरहेको अवस्थामा वीरा एजुकेसन कन्सल्टेन्सीले गरेको यो सम्झौता आफैमा ठूलो भएको बताइन् ।
गतवर्ष पूजाको नेतृत्वमा नेपालले पहिलो आईसीसी यू–१९ विश्वकप खेलेको थियो । पूजा सम्मिलित नेपाली राष्ट्रिय टोली दुई महिनाअघि बैंककमा भएको छनोट चरण पार गर्दै विश्वकप छनोटमा पुगेको छ ।

प्रतिक्रिया