एनपीएलको दोश्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोश्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ ।

क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो इच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ ।