काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । शनिबार भएको फाइनल खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएका हुन् ।
सोही क्रममा राष्ट्रिय टोलीकी क्याप्टेन सावित्रा भण्डारी (साम्बा) ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताएकी छन् । उनले खेलमा नेपाली टालीको प्रस्तुती देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको बताइन् ।
२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो । योसँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो । नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ ।

प्रतिक्रिया