लाओसविरुद्ध नेपालको ५ शून्यको अग्रता


काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो अग्रता लिएको छ । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले लाओस विरुद्ध ५–० गोलको अग्रता लिएको छ ।

नेपालका सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले एक एक गोल गरिन् । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो । खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् ।

यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन् । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो ।

आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आराम गर्न दिइएको छ । नेपाल रहेको ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।