चेल्सी र पाल्मीरास क्वार्टरफाइनलमा


काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब चेल्सी र ब्राजिली क्लब पाल्मीरास क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा चेल्सीले पोर्चुगलको बेन्फिकालाई ४–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

अब चेल्सीले क्वार्टरफाइनलमा ब्राजिलको पाल्मेयर्ससँग खेल्नेछ । हिजो बेलुका भएको खेलमा पाल्मीरासले ब्राजिलकै क्लब बोटाफोगोलाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको छ ।

आज राति पनि फिफा क्लब विश्वकपको नकआउट चरणका दुईवटा खेलहरू हुँदैछन् । नेपाली समयअनुसार राति पौने ९ बजे फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) र अमेरिकी क्लब इन्टर मियामी खेल्दैछन् । यस्तै राति पौने २ बजे ब्राजिली क्लब फ्लामेङ्गो र जर्मन जायन्ट बायर्न म्युनिखबीच खेल हुँदैछ ।