रियल र अल हिलाल फिफा विश्वकपको नकआउट चरणमा


काठमाडौँ । रियल म्याड्रिड र अल हिलाल जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् । शुक्रबार बिहान समुह एच अन्तर्गतका समुह चरणका खेल सकिएपछि यस समुहबाट रियल म्याड्रिड र अल हिलाल नकआउट चरणमा पुगेका हुन् ।

अन्तिम खेलमा रियल म्याड्रिडले आरबी साल्जबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने अल हिलालले पाचुकालाई २-० ले पराजित गरेको थियो । रियल म्याड्रिड ३ खेलमा ७ अंकसहित समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ भने अल हिलाल ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै यस समूहबार आरबी साल्जबर्ग र पाचुका बाहिरिएका छन् । अब नकआउट चरणमा रियल म्याड्रिडले युभेन्टससँग र अल हिलालले म्यानचेस्टर सिटीसँग खेल्ने छ ।